३० असार २०८१, शनिबार Saturday 13 July, 2024

फोहोर व्यवस्थापनमा सत्तारुढ दलकै अवरोध

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । सत्तारुढ दलकै नेताहरूको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर बोकेका २०० गाडी पास हुन सकेको छैनन् । केही स्थानीयले सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने विश्वासमा आन्दोलन फिर्ता लिए पनि सत्तारुढ दलसहित केही स्थानीयले भने अवरोध जारी राखेका कारण फोहोर बोकेको गाडी पास हुन नसकेको हो ।

नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरू नै विरोधमा उत्रिएका छन् । स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बिहानैदेखि काठमाडौंको फोहोर बोकेका २०० गाडी पास हुन नसकेको बताए ।

‘स्थानीयको आन्दोलन जारी छ । गएरातिको सहमतिपछि अवरोध नहोला भनेर काठमाडौंबाट फोहोरका गाडी पठाइएको थियो । तर, अवरोध हटेन’, उनले भने ।

आइतबार धुनिवेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति जारी गर्दै बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान नदिने घोषणा गरेका थिए । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।

यो पनि पढ्नुहोस्

फोहोरमा व्यवस्थापनमा अवरोध भएपछि बालेनले भने- हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?

काठमाडौंको फोहोर उठाउन सत्ताधारी दलकै अवरोध, सधैँलाई फोहोर फ्याँक्न नदिने घोषणा

प्रतिक्रिया सबै