सेयर बजारमा उत्साह : २ अर्ब ४३ करोडको कारोबार
सोमवार, साउन ३० २०७९
काठमाडौं । लगातार घटेको सेयर बजार सोमबार भने बढेको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकिएको हो ।
सोमबार सबै उपसमूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको हो ।
श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी र रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ९ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्य पनि धेरैले घटेको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया
सबै