free download zoom on laptop free zoom download on pc zoom for windows 10 download zoom cloud meetings download for windows 10 downloan zoom download zoom 5.0.2
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

आह ! सगरमाथा (तस्विरहरु)

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूची भित्र पर्ने गर्दछ । सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो ।

सगरमाथाको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) रहेको थियो । तर, नेपाल सरकार र चीनले एकै पटक गत बर्षको मंसिर २३ गते सगरमाथाको उचाई सार्वजनिक गर्दै यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाई हाल ८ हजार ८ सय ४८.८६ पुगेको हो ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।

सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । यसको नाम चोमोलुङ्गमा हो ।

विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थानमध्ये एक हो, सगरमाथा अर्थात् सगरमाथा पदयात्रा । यो पदयात्रामा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गर्छन् । कोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउँछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कने गर्छन् । यो क्षेत्रमा नेपालीभन्दा विदेशी पर्यटकहरु बढी जाने गर्छन् । तर, पछिल्लो समय नेपाली पर्यटकहरु समेत उल्लेखनीय रुपमा आउने गरेका छन् ।

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि विशेष गरी सगरमाथालाई आँखै अगाडिबाट हेर्ने हो भने सबैभन्दा उपयुक्त स्थल हो कालापत्थर । जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा छ । यो नै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्ने उपयुक्त ठाउँ हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । तर, कुन हिमाल हो भनेर कुनै पनि जानकारी नहुँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।

कसरी गरियो फेरि सगरमाथाको मापन ?
सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ । सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए ।

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।

नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए ।

उनीहरूले पनि भूउपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेका थिए। यसअघि चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको छ । उनीहरुले सगरमाथाको चट्टानसहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।

गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए ।

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो । विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन अनुसार ८ हजार ८ सय ४८ मिटर उचाईलाई नै आधिकारीक मान्दै आएका छन् ।

 

प्रतिक्रिया सबै