zoom full installer msi - zoom full installer msi zoom dashboard download safe to download zoom why won't zoom open on my laptop download zoom pc version send download link for zoom recording download zoom meeting for windows free filehippo why do pcr results take so long
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

मान्छे-मान्छेका बीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ: मेलिना राई

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । गायिका मेलिना राईले मान्छे-मान्छेका बीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्ने बताएकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत मेलिनाले समानता र न्यायपूर्ण समाजको स्थापना आवश्यक रहेको उल्लेख गर्दै मान्छे-मान्छेका बीचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको ईन्गेजमेन्ट एक हप्ताअघि मात्रै तोड्ने निर्णय गरेकी उनले उक्त निर्णय भने दुई कारणले गरेको पनि उल्लेख गरेकी छन् ।

मेलिनाले पहिलो निर्णय समाजमा विधमान जातीय विभेदको विरुद्धमा रहेको बताएकी छन् । त्यस्तै उनले दोस्रो निर्णय भने पितृसत्तात्मक सोचको विरुद्धमा रहेको उल्लेख गरेकी छन् ।

‘मेरोे पहिलो निर्णय- समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा हो ।’ उनले भनेकी छन्- ‘मेरो विचारमा मान्छे-मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एक जरुरी छ ।’

मेलिनाले यसअघि आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी थिइन् । संगीतकर्मी प्रेमी बराइलीसँग केही महिनाअघि इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमा स्टाटस लेख्दै सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने स्पष्ट पारेकी थिइन् ।

‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनले लेखेकी छन्- ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन ।’

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह गर्ने योजना समेत बनाएका थिए ।

प्रतिक्रिया सबै