zoom login online join meeting template free install zoom for all users - install zoom for all users zoom a download download zoom transition premiere pro what kind of zoom to download zoom app can't connect zoominfo stock forecast zoom meeting zoom meeting join
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

बालेनलाई असफल बनाउने खेल हुँदैछ : रवि लामिछाने

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोरमाथि राजनीति गरेर बलेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन् । सोमबार प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै रविले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बलेनलाई बदनाम गर्ने खेल भएको बताएका हुन् ।

‘जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरुहरुलाई असफल पार्ने साँधकाट गरिएको छ । कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनौं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं’, उनले भने ।

उनले हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति भइरहेको बताए । ‘यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ’, उनले भने ।

जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जान पर्ने उनले बताए ।

प्रतिक्रिया सबै