६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

पोखराका पूर्वमेयर मान बहादुर जिसी अस्पताल भर्ना

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । पोखरा महानगरपालिकाका पूर्वमेयर मान बहादुर जिसी अस्पताल भर्ना भएका छन् ।

जिसीको छातीमा सोमबार बेलुका अकस्मात् समस्या देखिएको थियो । त्यस लगत्तै उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले भने ।

अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताए ।

 

प्रतिक्रिया सबै