३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

वामदेव गौतम माओवादीको चिह्नबाट चुनाव लड्ने

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमपनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उनले भने । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको बताए ।

यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईपनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।

प्रतिक्रिया सबै