१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने भएको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले साउन १५ गते प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

 

 

 

प्रतिक्रिया सबै