६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

हर्क साम्पाङलाई प्रचण्डले भने- मेरो पूर्ण साथ हुन्छ

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रचण्ड निवास खुमलटार पुगेका धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई प्रचण्डले आफ्नो पूर्ण साथ रहेको बताएका छन् । भेटमा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई युवाहरू सफल हुनुपर्ने बताएको जानकारी दिए ।

‘तपाईंहरू दुबै युवा हुनुहुन्छ । तपाईंहरू सफल हुँदा धरानवासी र पूर्वका जनताले सुख पाउँछन् । धरान पुर्वको एउटा केन्द्र पनि हो । तपाईंहरूलाई सफल बनाउन हाम्रो साथ रहन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने । यसअघि पनि आफूले साम्पाङकलाई लोकतन्त्रको फूलबारीमा फूलेको सुन्दर फूल भनेको स्मरण गर्दै प्रचण्डले साम्पाङको प्रशंसा पनि गरेका थिए ।

मेयरमा निर्वाचित भएपछि साम्पाङ धरानको विकासका एजेन्डासहित पहिलो पटक संघीय राजधानी काठमाडौंमा आएका हुन् । बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा पनि गरेका थिए ।

 

प्रतिक्रिया सबै