zoom cloud meeting app download for pc zoom cloud meeting free download latest version zoom meeting login join meeting online free download zoominfo engage logo zoom app hack download why rt pcr takes time download zoom app app similar a zoom
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

अर्थमन्त्रीलाई हर्क साम्पाङले भने- जनताको समस्या समाधान गर्न सहयोग गरिदिनुहोला

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार भएको भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

‘तपाईंहरु हाम्रो अविभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला’, मेयर साम्पाङले भने ।

त्यस क्रममा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए । अर्थमन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने आश्वासन दिएका छ्न ।

भेटमा अर्थमन्त्री शर्माले खानेपानीको समस्या समाधान गर्न मेयर साम्पाङ र उनको टिमले गरेको जनपरिचालनको प्रशंसा समेत गरेका थिए ।

प्रतिक्रिया सबै