१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

निहारिका प्रकरण : आरोपित श्रेष्ठ जनकपुरबाट पक्राउ

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौँ । निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट मंगलबार साँझा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका-९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई हिजो मात्रै कानुनमन्त्री गोविन्द बन्दीले भेटी आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया सबै