६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय

 बुधबार, भदौ १ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको रवि लामिछानेले बुधबार जानकारी दिए ।

लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।

 

प्रतिक्रिया सबै