३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

कांग्रेस एमालेसँगै एक्लै लड्न सक्दैन : ओली

 बुधबार, भदौ १ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले निर्वाचनमा एमालेसँग एक्लै लड्न नसक्दै बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कांग्रेस एमालेसँगै एक्लै लड्न नसक्ने दाबी गरेका हुन् ।

‘एमालेसँग अखडामा कांग्रेस पस्नै सक्दैन । कांग्रेस लुलो छ । विचारशून्य छ । कहाँ जाने थाहा छैन । कांग्रेस दिशाहीन छ’, ओलीले भने ।

ओलीले नेकपा माओवादीकाबारेमा कुरै गर्न आवश्यक नभएको टिप्पणी गर्दै माओवादीसँग त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताए ।

यस्तए ओलीले एमालेविरुद्ध गठबन्धनमा अनेकथरी तत्व जोडिएको आरोप लगाए । सत्तारुढ गठबन्धनलाई देशद्रोही गठबन्धनको संज्ञा दिँदै ओलीले भने— ‘एमालेका विरुद्ध अनेकथरी तत्व जोडिएका जोडियै छन् । त्यसको नाम बडो नराम्रो राख्या छन्, गठबन्धन । यो देशद्रोही गठबन्धन हो । यसले जनतालाई ढाँट्छ । कहिले एमसीसीलाई पत्र लेख्छ । कहिले लेखेको छैन भन्छ ।’

 

प्रतिक्रिया सबै