१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता सञ्चालन

 बुधबार, भदौ १ २०७९  

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी सानिमा फेमली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।

नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधि उपचार बीमा सहितको सानिमा फेमली सुपर सेभिङ्ग खाता ल्याएको हो ।

वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र र. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको छ ।

यसबाट ग्राहकहरुलाई औषधि उपचार खर्च गरी बीमा बापत सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधि उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड ९फस्र्ट टपअप०, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रतिक्रिया सबै