zoom cloud meetings free download for windows 10 join zoom meeting with id & password protect - join zoom meeting with id & password protect zoom audio not working on asus laptop zoom meeting download filehippo client zoom download how do i download email list from zoom webinar zoom error code 5003 windows zoom meeting join zoom meeting join
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित

 बुधबार, भदौ १ २०७९  

काठमाडौं । मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर-घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको हो ।

‘रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पुर्‍याउन भने सडकका कारण समस्या छ’, नासों गाउँपालिका-८ ताजैका सोलबहादुर गुरुङले भने ।

रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चाररपाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उनको भनाई छ । ‘हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ । यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ’, उनले भने ।

उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुर्‍याउन सकिने उनको भनाई छ । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुर्‍याउने बेला भएको उनले बताए । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।

सहज रुपमा यहाँको स्याउ बजारमा पुर्‍याउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उनीहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ ।

सडक सञ्जाल सहज बनाएर बजारमा पुर्‍याउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानहरु बताउँछन् । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पुर्‍याउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ ।

प्रतिक्रिया सबै