१० असार २०८१, आईतवार Sunday 23 June, 2024

भ्रष्टाचार गरेर कमाएको पैसा !

 बुधबार, भदौ १ २०७९  

कविता : भ्रष्टाचार गरेर कमाएको पैसा ! 

भ्रष्टाचार गरेर कमाएको पैसा
हलक्क बढेको मानिसको बैस ।
आखिरि मरेर जाँदा दुई हात रित्तै
हलक्क बढेको बैस चाउरी पर्दछ छिट्टै ।

जति कमाउ पैसो जति जोड घरबार
आखिर चन्द्र समसेरले पनि
छोडेर गए सिंह दरबार ।

खड्ग समसेरले पनि बनाएको रानीमहल
रानीमहलको वरिपरि हेर्यो अहिले जंगलै जंगल ।
खड्ग समसेर पनि गयो मरेर
रानीमहल पनि गण्डकीको पिरमै छोडेर ।

भ्रस्टचारी नेता भन्छन् तिनसय वर्ष
बाच्नु पाए पनि त हुन्थ्यो ।
तर जेमराज कालले के सुन्थ्यो

जति कमाउ पैसा मोज गर्छ छोरा नाती
भ्रष्टचारी जति जाने भयौं ।
पशुपतिको आर्यघाट चितामाथि ।
बग्नेछौं खरानी भएर बागमतीको किनारै किनारमा
यस्तै लेखि दिएको रैछ तिम्रो भाग्य निधारमा ।

राम्रो जनताको गरेकै भए सेवा
बैकुण्ठलोक तिम्रो हुने थियो पेवा
जनताको कहिल्यै गरेनौं सेवा
नरलोक जति तिम्रो सधैंको पेवा । ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

 

 

प्रतिक्रिया सबै