१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणको निर्देशन

 बुधबार, भदौ १ २०७९  

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरेका हुन् ।

गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिए ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से१ज ५५१ नम्बरको जिप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए।

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए । घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पु¥याइएको छ ।

प्रतिक्रिया सबै