३ असार २०८१, आईतवार Sunday 16 June, 2024

पदाधिकारी टुंगो लगाउन माओवादीको बैठक बस्दै

 बिहिबार, भदौ २ २०७९  

काठमाडौँ । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया सबै