१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

माओवादी स्थायी कमिटी बैठक स्थगित

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रचण्ड सचिवालयका अनुसार आजै बेलुकी ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो । आज बस्ने स्थायी कमिटी बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ ।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन् ।

मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको थियो ।

प्रतिक्रिया सबै