३१ जेष्ठ २०८१, बिहीबार Thursday 13 June, 2024

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महासचिवमा देव गुरुङ हुने पक्का भएको छ । अब बस्ने माओवादीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

स्रोतका अनुसार महासचिवका दावेदर रहेका वर्षमान पुन र जनार्दन शर्मा र गिरिराजमणि पोखरेल भने उमहासचिव बन्ने भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा कृष्णबहादुर महरा, दिनानाथ शर्मा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना रहेको छ ।

यसअघि बुधबार बसेको बैठकले पार्टी पदाधिकारीको प्रस्ताव गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको थियो । सोही अनुसार प्रचण्डले गुरुङलाई महासचिव बनाउनेगरी प्रस्ताव तयार पारेको माओवादी नेता हरिबोल गजुरेलको भनाई छ ।

स्थायी समिति सदस्य जनार्दन शर्मा र वर्षमान पुन महासचिवमा कडा प्रतिस्पर्धा भएपछि प्रचण्डले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले आधिकारिक रुपमा गुरुङको नाम प्रस्ताव गरी नसकेकाले पुनः फेरबल समेत हुन सक्ने पनि एक नेताले बताएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठको नाम पक्कापक्की जस्तै भएको छ । अरु सिनियर नेताहरु उपाध्यक्षमा र दोस्रो तहका नेताहरु सचिवमा हुनसक्ने सम्भावना छ ।

 

प्रतिक्रिया सबै