१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको ‘कोष वृद्धि’ अभियान सुरु गरेको छ ।

काठमाडौंमा विहिबार आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।

पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने राप्रपाले जनाएको छ ।

अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । राप्रपाले पार्टीलाई आर्थिक रुपमा सबल बनाउन यो अभियान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया सबै