३० असार २०८१, शनिबार Saturday 13 July, 2024

पदाधिकारी टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं। पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ। बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो। माओवादी बैठक बुधबार पनि बसेको थियो।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो। तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया सबै