१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

चेक बाउन्स मुद्दामा कांग्रेस क्षेत्रीय सभापति पक्राउ

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसको काठमाडौं निर्वाचन क्षेत्र नं.२ का सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारबाट पक्राउ गरिएको हो ।

सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै