३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्छ : प्रचण्ड

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउन आफूहरूले प्रयास गरिरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन, वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने बताए ।

शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्ने भन्दै उनले वाइसियलमा युद्ध लडेका र त्याग र बलिदानी गरेकाहरू रहेको बताए। ‘वाइसियलमा वैचारिक एकता हुनुपर्छ,’ प्रचण्डले भने ।

माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति गर्न सकिने बताए । ‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’ प्रचण्डले भने । पद पाउनका लागि हिजोआज प्रतिस्पर्धा हुन लागेको उनले बताए । ‘संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थाल्यो। यो नमीठो अनुभव छ,’ प्रचण्डले भने । वाइसियललाई आफूहरू सहायक संगठन भएको भन्दै विश्राम लिन छुट नभएको पनि उनले बताए ।

यस्तै प्रचण्डले पार्टीमा पदका निम्ति प्रतिस्पर्धा हुने गरेको बताएका छन् । प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको पनि बताए ।

आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै प्रचण्डले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

प्रतिक्रिया सबै