६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

माओवादीमा पदाधिकारी चयन गर्न सकस

 शनिबार, भदौ ४ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयन गर्न सकस बन्दै गएको छ । पदाधिकारीमा आकांक्षी धेरै भएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सम्म नाम सिफारिस गर्न सकिरहेका छन् ।

आकांक्षी ब्यवस्थापन गर्न नसक्दा सकसमा परेका प्रचण्डले पार्टीमा पछिल्लो समय पदको लोभ बढ्दै गएको टिप्पणी समेत गरे ।

यसबीच माओवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइए पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भएको थियो ।

पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरु बताउँछन् । पदाधिकारी टुंगो लगाउन अब पहिलेजस्तो बाँकी नभएको र पदाधिकारीको विषयमा गम्भीर र विस्तृत छलफल भएको प्रवक्ता महराको भनाई छ ।

प्रतिक्रिया सबै