१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

एमसीसी तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले ल्याएको हो : गगन थापा

 शनिबार, भदौ ४ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गरेका छन् ।

शनिबार नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताए ।

कांग्रेसका डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि उनले बताए । एसपीपीले भने प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको उनको भनाइ थियो ।

यो पनि

चुनावपछि गठबन्धन कायम रहने ग्यारेन्टी छैन : गगन थापा

 

प्रतिक्रिया सबै