१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

माओवादीमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव

 शनिबार, भदौ ४ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डले पेस प्रस्तावमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने छन् ।

एक नेताका अनुसार बैठकमा प्रचण्डले पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेका छन् । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका हुन् । अहिले प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको छ ।

एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया सबै