६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, २९९ जनामा संक्रमण पुष्टि

 शनिबार, भदौ ४ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो अवधिमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको छ । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै