१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एमालेले आँछ्यु खायो बछ्युँ खायो गठबन्धन नामको झुसिलकिराको के हिसाब : ओली

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एमालेका लागि झुसिलकिरा भएको बताएका छन् ।

अखिल नेपाल महिला संघको नवौं जिल्ला अधिवेशनको उद्ध्घाटन गर्दै ओलीले देशलाई लुट्न गुटबन्दी गरेका गठबन्धन नामका झुसिलकिरालाई मंसिर ४ पछि एमालेले ठेगान लाउने बताए ।

‘एमाले आँछ्यु खायो बछ्युँ खायो गठबन्धन नामको झुसिलकिराको के हिसाब’ ओलीले भने ‘त्यस कारण यस्ताहरुसँग डराउनु पर्दैन ।’

ओलीले अनेम संघलाई टोल टोलमा संगठन र घरघरमा सदस्य बनाउन निर्देशन दिए । ओलीले झापा जिल्लामा एमालेलाई बलियो बनाउने र चुनाव जिताउन महिलाहरुको महत्वपूर्ण भूमिका हुने बताए । ओलीले झापा जिल्ला एमालेको जन्मथलो भएकोले यस जिल्लालाई गढको रुपमा विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया सबै