३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं : शेखर कोइराला

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन् ।

समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि मात्रै भएको बताए ।

‘प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति हामीले गुमायौं’ उनले भने, ‘बीपीले कल्पना गरेको कुरालाई राम्रोसँग प्रदीप दाइले व्याख्या गर्नुहुन्थ्यो । प्रदीप दाइबाहेक मैले एउटा पनि व्यक्ति देखेको छैन ।’

अहिले कांग्रेस पार्टी पनि प्रजातान्त्रिक समाजवादको बाटोमा केही चुकेको उनले बताए । ‘कांग्रेस यो बाटोमा कताकता चुकेको हो कि जस्तो लाग्छ । अब फेरि सुरु गर्नुपर्छ ।’ नेता गिरि जस्तो सादगी जीवन बाँच्ने र पदको चाहना नगर्ने व्यक्ति नेपाली राजनीतिमा विरलै पाइने उनको भनाइ छ ।

प्रतिक्रिया सबै