१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

‘अब एकपटक चुनाव लड्छु’

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूू अन्तिमपटकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने बताएका छन् । उनले निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाटै प्रतिस्पर्धा गर्ने बताए ।

आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग नेता खनालले गठबन्धनमार्फत आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

‘चुनाव नलड्ने चर्चा छ नि ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘जनतासँगको माया-पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एकपटक लड्छुु ।’ आफूू इलाम–१ बाट विजयी हुने विश्वास समेत व्यक्त गरे । पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालको भनाई छ ।

‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ । एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ’, उनले भने । नेता खनालले एमालेसँग तत्काल तालमेल र एकताको सम्भावना नरहेको पनि बताए ।

अहिले आफूूहरू नेकपा माओवादी केन्द्रसँग निकट रहेको भन्दै उनले भने- ‘मुलुकका लागि बृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन । तर, समाजवादी रूपान्तरणको सिलसिलामा एकताबद्ध हुनैपर्छ’, उनले भने । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वामदेव गौतमले माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर प्रतिस्पर्धा गर्ने कुरा सामान्य भएको पनि बताए ।

प्रतिक्रिया सबै