१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । सुनजस्तो देखिने १ किलोग्राम बस्तुसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । राहादानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका राहुल शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुनः प्रहरी वृत्त गौशालामा लगि चेक गर्ने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै