३ असार २०८१, आईतवार Sunday 16 June, 2024

गुल्मीमा एमालेको विरासत तोड्ने रामकुमारी झाँक्रीको घोषणा

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने घोषणा गरेकी छन् ।

आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले यस्तो घोषणा गरेकी हुन् ।

‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’, उनले भनिन् ।

एमालेका नेताहरुलाई इंकित गर्दै उनले भनिन्- ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपटी सुरु भएको छ । उनीहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भए । अब जनताले विकल्प खोजेका छन् । र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ ।’

प्रतिक्रिया सबै