९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नागरिकता विधेयक एमाले सरकारमा आएपछि सच्याउँछ : योगेश भट्टराई

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्‌बाट पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजित पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्‌मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप आरोप लगाए ।

‘मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुनलाई सुधार गर्छ नागरिकताको सवाल ख्यालख्याल होईन’ भन्दै उनले यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको दावी गरे ।

आसन्न निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने पनि उनले बताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस बिस्तारै पतनको बाटोमा जाने उनले बताए ।

वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको, विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने उनको भनाई थियो । ‘कानुनबाट नेपालमा कमलरी र कमारा प्रथाको अन्त्य भए पनि माधवजी र प्रचण्डहरू शेरबहादुर देउवाको कमलरी र कमारा बस्न गएका छन्‚’ उनले भने ।

 

 

प्रतिक्रिया सबै