३० असार २०८१, शनिबार Saturday 13 July, 2024

नेता प्रदीप गिरिको अन्तिम बिदाइ

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ गरिएको छ । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । पशुपतिस्थित आर्यघाटमा गिरीको अन्त्येष्टि गरिएको हो ।

क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो । आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेता गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै उनको स्मरण भइरहेको छ । विभिन्न दलका शीर्ष नेताहरूले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशील क्षमता सबैका लागि प्रेरणाको स्रोत रहेको भन्दै राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्छ भन्ने प्रतिनिधि सभा सदस्य समेत गिरिको मान्यताबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् ।

​​​​

प्रतिक्रिया सबै