९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

 आइतवार, भदौ ५ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको जनाएको छ ।

प्रतिक्रिया सबै