१० असार २०८१, आईतवार Sunday 23 June, 2024

तुलबहादुर बिक हत्या प्रकरण : मृतककै पत्नी र साली पक्राउ

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ को हत्या अभियोगमा मृतककै पत्नी र सालीलाई पक्राउ गरेको छ ।

भदौ १ गते निसिखोला गाउँपालिका वडा नं। ४ कालीमाटीस्थित खोला किनारमा बिकको घाटी काटिएको अवस्थामा टाउको नभएको शव फेला परेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार उनकी श्रीमती कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लाशलाई बगाईदिएको खुलेको हो ।

उनीहरुलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै