३ असार २०८१, आईतवार Sunday 16 June, 2024

रैब पर्व मनाउँदै पूर्वका थारु समुदाय

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । पूर्वी नेपालका थारु समुदायले रैब पर्व मनाउँदै छन् । रैब पर्व हरेक वर्ष भदौको पहिलो आइतबारदेखि सुरु हुन्छ ।

ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने चलन छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता रहिआएको छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताए ।

प्रतिक्रिया सबै