६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

निर्वाचनमा एउटै घोषणापत्र बनाउन प्रचण्ड-माधव तयार

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाउने भएका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणा पत्र बनाउन तयार भएका हुन् । दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समितिसमेत घोषणा गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले चुनावमा एउटै घोषणा पत्र र एकता संयोजन समिति घोषणा गर्न आफूहरु सहमत भएको जानकारी दिए ।

भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सहभागी थिए ।

चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्न लागेका हुन् ।

२०७४ सालको निर्वाचनअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणा पत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए ।

प्रतिक्रिया सबै