६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

टी-२० विश्वकप ट्रफी सगरमाथा शिविर पुर्‍याइने

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकपको ट्रफी टुर अहिले जारी छ ।

यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा पुर्‍याउने जनाइएको छ । मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा पुर्‍याइने जनाइएको छ ।

३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइपुग्ने छ । नेपालमा दुई दिन राखिने ट्रफिलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार १५ भदौमा ट्रफीलाई आधार शिविर पुर्‍याइने छ ।

उनले ट्रफीलाई विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रका रुपमा रहेको भक्तपुर दरबार स्क्वायर तथा जनकपुरधाममा समेत प्रदर्शनीका लागि लगिने तयारी गरेको जानकारी दिए । नेपालबाट ट्रफी सिंगापुर लगिने तालिका रहेको छ । ८ जुलाईदेखि सुरु भएको ट्रफी टुर १६ अक्टोबरमा अन्त्य हुने छ ।

 

प्रतिक्रिया सबै