१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

थप ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । देशभर थप ६५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया सबै