१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

हर्कबहादुरको चिठ्ठी !

 सोमवार, भदौ ६ २०७९  

कविता : हर्कबहादुरको चिठ्ठी
बहराइन सहर यो मनको रहर खबुज सस्तो छ ।
सन्चै छु यहाँ, तिमीलाई त्यहाँ भनन कस्तो छ ।
प्रिया भनन कस्तो छ ?

दिनैभरि कामै र गर्छु रातैमा खान्छु भात
श्रीमती तिमीलाई गालामा चुम्बन, छोराछोरीलाई आर्शिवाद ।
प्रिया छोरालाई आर्शिवाद ।

सबेरै साथी मानामा जान्छन् हिँड्दछन गम्केर
कम्पनी सिद्रा लाग्दैन निद्रा तिमीलाई सम्झेर
प्रिया तिमीलाई सम्झेर ।

वारि र पारि सिद्रा र आसरी बिचैमा समुन्द्र
तिमीलाई सम्झी रातै भरि र रोई रहन्छु
म मात्र प्रिया रोइरहन्छु म मात्र ।

अरबको घामले पोल्दछ साह्रो पसिना तुरुरु
तिमीलाई चुम्बन खाएको सम्झी मन रुन्छ धुरुरु
प्रिया मन रुन्छ धुरुरु ।

ती बुढीआमाको चाकरै गर्नु नमानि कत्ति घिन
बिहान-बेलुकी दुध र भात दिनु, त्यहि हुन्छ भिटामिन
प्रिया त्यही हुन्छ भिटामिन ।

बिहान बेलुकी मलाई सम्झी बसौली तपस्य
नमान फिक्री सुनको सिक्री ल्याईदिन्छु अवस्य
प्रिया ल्याइदिन्छु अवश्य ।

आस्कानले दिएको डाङ्ग्री र जुत्ता काम गर्दा लगाउँछु
नाम मेरो हर्क तिन वर्ष पर्ख त्यसपछि आउनेछु
प्रिया त्यसपछि आउनेछु ।

नेपालबाट विदेश आए छाप लगाई पासपोर्टमा
तिन वर्षपछि आउनेछु पक्का, लिन आउ एयरपोर्टमा ।
प्रिया लिन आऊ एपोर्टमा ।

एयरपोर्टमा भेट्दा तिमी र म मुसुक्क हासौंला
छँदै छ पैसा एकरातको लागि होटेलमै बसौंला ।
प्रिया होटेलमै बसौंला ।

चिया र पुरी हुस्की र बियर होटेलमा मागौंला
सँुगुरे माया घ्यारघ्यार र घिँःघिँ त्यस रात त बिसौंला
प्रिया त्यसरात त बिसौंला ।

एक पिल्स पर्छ सधैंभर खान्छु बहरायण वाइवाइ
यो पत्रबाट अन्तिम छ बिदा
अहिलेलाई लौ गुडवाई
प्रिया अहिलेलाई लौ गुडवाई ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

 

प्रतिक्रिया सबै