३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ती

 मङ्लबार, भदौ ७ २०७९  
Ukrainian policemen carry a body away from a five-storey residential building that partially collapsed after a shelling in Kyiv on March 18, 2022, as Russian troops try to encircle the Ukrainian capital as part of their slow-moving offensive. – Authorities in Kyiv said one person was killed early today when a downed Russian rocket struck a residential building in the capital’s northern suburbs. They said a school and playground were also hit. (Photo by Sergei SUPINSKY / AFP)

किभ। रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्। रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुन सक्ने उनले बताए।

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन्। यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए।तस्बिर: न्यूयोर्क टाइम्स

प्रतिक्रिया सबै