२ असार २०८१, शनिबार Saturday 15 June, 2024

दाङमा सडक अवरोध गर्न खोज्ने ८ बन्दकर्ता पक्राउ

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । दाङमा नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्ने  ८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्ता पक्राउ परेका हुन् ।

तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली र अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वली र प्रकाश बुढामगर पक्राउ परेका प्रहरीले जनाएको छ । बन्दकर्ताले गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङमा देखिएको छ । बिहानैदेखि बजार पूर्णरुपमा खुलेको छैन भने सवारी साधनपनि चल्न सकेको छैन ।

 

 

 

प्रतिक्रिया सबै