१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

१० ठाउँमा शंकास्पद वस्तु फेला, ५२ बन्दकर्ता पक्राउ

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । देशभर बन्दको आंशिक प्रभाव परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बन्दको दिन ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको छ ।

बन्दले बालबालिकाको पढाइ प्रभावित
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

कस्तो छ काठमाडौंमा बन्दको प्रभाव ?
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरूले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्‍य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।

 

प्रतिक्रिया सबै