१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सेयर बजार सामान्य सुधार

 मङ्लबार, भदौ ७ २०७९  

कामठाडौं । सेयर बजार मंगलबारको कारोबारमा सामान्य सुधार देखिएको छ । साताको तेश्रो कारोबारका दिन सेयर बजार परिसूचक १.८५ अंकले बढेको हो ।

गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको परिसूचक आज १.८५ अंक बढेर २०५४.९८ मा उक्लिएको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५८ अंक बढ्दा ३९७.६९ मा उक्लिएको हो ।

बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर २७ हजार २ सय २ पटकमा खरिद बिक्री भएको छ ।

बजार बढ्दा उप समूहतर्फ ६ कम्पनीको सेयर मूल्य बढेको छ । बैंकिङ, ट्रेडिङ,हाइड्रो,म्यानुफ्याक्चरिङ, लाइफ इन्स्योरेन्स तथा लगानी समूह आज हरियो देखिएका छन् ।

सामान्य अंकले बजार बढ्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेकोछ । मंगलबार जलविद्युत परियोजना र मन्दाकिनी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

 

प्रतिक्रिया सबै