२ असार २०८१, शनिबार Saturday 15 June, 2024

वाईसीएलका पदाधिकारी र केन्द्रीय सदस्यद्वारा सपथ

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का पदाधिकारी र केन्द्रीय सदस्यले सपथ लिएका छन् । शुक्रबार सुरु भई आइतबार अबेर सकिएको दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

वाईसीएलका ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनेको छ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरुलाई सपथ गराएका हुन् ।

वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।

अब वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष हुनेछन् ।

यी हुन् पदाधिकारी :

अध्यक्ष — सुबोधराज शेर्पाइली

बरिष्ट उपाध्यक्ष — ज्ञानेन्द्रबहादुर गुरुङ

उपाध्यक्षहरु — गोगन मल्ल, मञ्जु बम, मिङ्‍माडन्डु शेर्पा, केहरसिँह कुँवर, ज्ञानेन्द्रबहादुर ढुंगाना, उमेश घोरासैनी ।

महासचिव —गणेश शाही

उपमहासचिव — पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही, रेशम महरा ।

सचिव — हरि ढकाल, नवीन खड्कासहित ४५ जना

कोषाध्यक्ष — सन्तोष पनेरु

प्रतिक्रिया सबै