१० असार २०८१, आईतवार Sunday 23 June, 2024

काठमाडौं मलका अवैध संरचनामा महानगरले लगायो डोजर

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा डोजर लगाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा नक्सा पास नगरी बनाइएका ती संरचना डोजर प्रयोग गरी भत्काउन थालेको हो ।

संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।

यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

 

 

प्रतिक्रिया सबै