३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

‘नर्भिक अस्पतालको अवैध संरचना हटाएरै छाड्छु’

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना भत्काएरै छाड्ने बताएका छन् ।

बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्स परिसरमा बनेका नक्सापासबिनाका संरचना हटाउन पुगेका मेयर बालेनले नर्भिकका अवैध संरचना हटाउन खोज्दा रिट परेर सर्वोच्च अदालतले रोकिदिएको तर, शाहले त्यो संरचना पनि आफूले हटाएरै छाड्ने बताएका हुन् ।

‘आरबी कम्प्लेक्सका व्यापारीहरुले नर्भिकको पनि संरचना हटाउन चुनौती दिएका थिए। ठूलो सानो सबैलाई कानुन लाग्छ । हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौँ । हामी नर्भिकको अवैध संरचना पनि हटाएरै छाड्छौँ’, उनले भने । यसो भनिरहँदा व्यापारीहरुले आफूहरु पनि नर्भिकको संरचना हटाउन आउने बताएका थिए ।

प्रतिक्रिया सबै