३० असार २०८१, शनिबार Saturday 13 July, 2024

अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको बताएका छन् ।

बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै चर्चित गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको बताए ।

चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम बनाएका थिए ।

त्यसयता कुबेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरू वञ्चित थिए । गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आफू निष्कासित हुनुपरेको बताए ।

बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको उनको भनाई छ । चेम्जोङले अलमुताइरीले आफूलाई टोली भन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए ।

प्रतिक्रिया सबै